१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

मिटर ब्याजी र लघुबित्त बारे विप्लव नेतृत्वको नेकपाको ध्यानाकर्षण , बिज्ञप्ति निकाल्दै गर्‍यो प्रतिबन्ध लगाएको घोषणा

spot_img

कपिलवस्तु  । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्ला कमिटीले मिटर ब्याजी र लघुबित्तको गतिविधि लाई लिएर प्रतिबन्धको घोषणा गरेको छ, इन्चार्ज हेमन्त सी र सेक्रेटरी पावेल सी द्वारा अस्ताक्षरित विज्ञप्ति मार्फत शन्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने भन्दै कडा शब्दमा चेतावनी दिदै  विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति यस्तो रहेको छ ।
मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवन मरणको अवस्थामा पुयाएको छ । त्यस्ता व्यक्ति र संस्थाको अमानविय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुको गम्भिर ध्यानाकर्षण भएको छ ।

जनतालाई अनुचित नाफाको मनसाय राखी ऋण प्रवाह गर्ने र असुल उपरका लागि हदै प्रकारको हतकण्डा अपनाउने पाइएको छ । ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूल उपर गरिसक्दा पनि दबाबमा असुल उपर जारी रहने गरेको पाईएको छ । असुल उपर गर्न दिदि बहिनि आमाहरुलाई अनैतिक कार्य गरेर बुझाउन, अमर्यादित र निर्देशनात्मक भाषा बोल्ने र दाजुभाईहरुलाई त्रास, धम्की दिने र मारिदिने जस्ता क्रूर आततायी प्रकारका क्रियाकलाप गरेको पाइएको छ । अपहरण गर्ने र दृष्टि बन्धक गरेर सम्पत्ती हडप्ने जस्ता कार्यले नागरिकलाई आत्महत्या जस्तो बाटो रोज्न बाध्य पारिएको छ । यस सन्दर्भमा कान्तिपुर दैनिकमा प्रकाशित शिवराज-६ को रामराजी पासीले एटा लघुवित्तको चर्को व्याज तिर्दातिदै थलिएको समाचार र यसै नगरपालिको एक लघुवित्तमा लिइएको पचास हजार ऋण दुई वर्षसम्म महिनाको पाँच हजारको दरले तिर्दा पनि पच्चीस हजार रुपैया जझै बाँकि रहेको र तिराउनलाई विभिन्न प्रकारका धम्की आउने गरेको पाइएको र यी र यस्तै लघुवित्तका हर्कत र मिटर व्याजीका गुण्डागर्दीका कारण यसै जिल्लामा आत्महत्याका घटनाहरू पनि घटेको पाईएको छ । यस्ता थुप्रै व्यक्ति र संस्थाहरुको अमानविय हर्कत र ज्यादतिका विषयमा हाम्रो पार्टीको न्यायिक निकायमा निवेदन परेका छन् ।

यसै विषयलाई दृष्टिगत गर्दै हाम्रो पार्टी पश्चिम कपिलवस्तु जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजिहरुलाई प्रतिबन्ध लगाएको घोषण गर्दछ । हाम्रो शन्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिन चाहन्छौ ।

साथै बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ । अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुने छौं विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै