२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

नेपाल भारत क्रिकेटको उपाधी कोटिया टिमलाई

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंजमा संचालन भएको युवा अमन सामाजिक विकास केन्द्र द्वारा संचालित नेपाल भारत मैत्री कप क्रिकेट टूर्नामेंट उपाधी कोटिहको टिमले जितेको छ ।

बहादुरगंजको खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिहवा टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो ।

खेलकुद प्रतियोगिताले खेलाडी विच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो ।
आफु पनि खेलाडी भएकोले खेल र खेलाडीको महत्व बोध भएको बताउदै बहादुरगंजको खेल मैदानलाई व्यवस्थित गरी खेल मैदान बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनु भयो । क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता मेयर शाहले गर्नु भयो ।

बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टिका कपिलवस्तु जिल्ला अध्यक्ष राम निवास पुरी , युवा नेता निर्भय सिंह , राष्ट्रीय युवा संघ नेपालका पूर्व केंद्रीय सदस्य नवाब शाह , लोसपा नेपालका जिला अध्यक्ष शिव कुमर गुप्ता, समाजसेवी शिव प्रशाद जैस्वाल, इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धन बहादुर केसी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर खान, सेंट जुडस एकडमी स्कूलका प्रधानाध्यापक तफसीर खान, एकीकृत समाजवादी पार्टी नेपालका नगर अध्यक्ष इंतेखाब खान लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • अचम्मित (33%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै