१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

सानाकिसान सहकारी खांचिकोटको १८औं साधारणसभा ज्येष्ठ सेयर सदस्य र उत्कृष्ट किसान सम्मान गर्दै सम्पन्न

spot_img

केशवराज ज्ञवाली
अर्घाखाँची ।  साना किसान कृषि सहाकारी संस्था लि. खाचिकोटको अठारौ बार्षिक साधारणसभा फुद्वाङ्गमा सम्पन्न भएको छ ।

साधारणसभामा ७० बर्ष उमेर पुगेका ज्येष्ठ सेयर सदस्य टोप बहादुर खत्री र चोपलाल भुसाललाइ संस्थाले नगद , प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । साथै सहकारिको सेयर सदस्य रहि उत्कृष्ट कृषि कर्ममा निरन्तर लागेका ५ जना कृषकहरुलाइ पनि संस्थाले नगद , प्रमाण पत्र र खादा ओढाएर सम्मान गरेको छ ।

साधारण सभाको सफलताको शुभकामना मन्तव्य दिदै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारिले आगामी दिनहरुमा पनि विधि र मर्म अनुसारनै चल्नेमा बिस्वास राख्दै पैसा जम्मा गर्ने र रिण लगेर उदेस्य बिपरित काम गर्न नहुने उनले बताए । नगदलाइ उत्पादन र श्रम संग जोडेर रोजगारी र उत्पादन बढाउने तर्फ अझ जोडतोडले लागि पर्न अनुरोध गरे ।

लगानी गर्ने क्रममा नीति नियम बिपरित नजान सल्लाह दिदै कमिकमजोरी सच्चाउदै अगाडि बड्न आग्रह गरे । संस्था बचाउनको लागि नीति नियम, एन कानुन , कार्यबिधीको पालना गर्दै काम गर्न पर्ने उनको जोड छ । एउटा सहकारी संग रिण लिएर अर्कोमा तिर्ने बानिको अन्त्य गर्दै उत्पादन बढाएर रिण तिर्ने वातावरण बनाउन सबै शेयर सदस्य लागिपर्नुपर्ने उनको भनाइ छ ।

यस्तै साधारणसभामा सुभकामना मन्तव्य राख्दै नगर उप प्रमुख मिश्रा आचार्यले आफू पनि सहकारीको फाटमा केही अनुभव बटुल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै साना किसान खांचिकोटमा उल्लेख्य महिला शेयर सदस्य भएको बिषय गर्व गर्न लायक रहेको बताएकी छन । उनले सहकारिको उदेस्य बचत मात्रै नभएर उत्पादनमुलक उपलब्धि पनि हुनुपर्ने बताइन ।

सहकारी समायोजनको कुरामा नगरपालिकाले गर्नुपर्ने कुनै कसर बाकी नराख्ने पनि प्रतिबद्धता पनि आचार्यले जनाएकी छन ।
जिल्ला समन्वय समिती अर्घाखाँचीका सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मण कंडेलले आफूले राजिनामा दिएर अध्यक्ष पद छोडेता पनि सधै सहकारिको बिकास र शेयर सदस्यको लगानिको सुरक्षाको बिषयमा सधै लागि पर्ने प्रतिबद्धता जनाए ।

, वार्ड २ का वार्ड अध्यक्ष मोतिजंग रायमाझी ,वार्ड ७ का वार्ड अध्यक्ष चुरा बहादुर के .सी ., साना किसान कृषि सहकारी संस्था नरपानीका प्रवन्धक सरस्वती न्यौपानेले शेयर सदस्यका तर्फ बाट चन्दा गैरेले सहकारिको महत्व दर्शाउदै बचत गर्ने बानिको बिकास गर्दै , सुखदुःखको सारथि बन्ने सहकारि र सहकार्यको माध्यमबाट देश र जनताको बिकास सम्भव भएको उल्लेख गरेका छन ।

२४३ समुहमा १३४६ सेयर सदस्य करिव १४ बढी करोड कुल पुजि रहेको , सन्धिखर्कका १,२,३,र ७ गरि चार वटा वार्ड कार्य क्षेत्र रहेको सहकारी संस्थाको बार्षिक प्रतिबेदन संथाका का. वा. अध्यक्ष पद्मलोचन आचार्यले र लेखा समितिको प्रतिवेदन गोपाल प्रसाद भुसालले प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ द्वारा पानसमा बत्ती बालेर गरिएको उद्घाटन सत्र कार्यक्रमको प्रमुख अथित्यता नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,बिशिस्ट अथितिमा नगर उप प्रमुख मिश्रा आचार्य , जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कंडेल , सन्धिखर्क २ का वार्ड अध्यक्ष मोतिजंग रायमाझी , सन्धिखर्क वार्ड ७ का वार्ड अध्यक्ष चुरा बहादुर के.सि. , पुर्व पदाधिकारी संचालक , पुर्व संचालक सदस्य सेयर सदस्य, छिमेकी कृषि सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि , फुद्वाङ्ग प्रहरी बिटका प्रहरी सहायक निरिक्षक रबिन्द्र प्रसाद बेल्दर , पत्रकार केशबराज ज्ञवाली , पत्रकार अनिल नेपाली लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका कार्यवाहक अध्यक्ष पद्मलोचन आचार्यले अध्यक्षता गर्नुभएको उद्घाटन सत्र कार्यक्रमको संचालन संस्थका प्रवन्धक बिष्णु प्रसाद मरासिनिले गर्नुभएको थियो ।

तथा स्वागत मन्तव्य संस्था संचालन समिती सदस्य नारायण पौडेलले गर्नुभएको
संस्थाले विगत लामोसमय देखि आलु मिसन कार्यक्रम , बिउ विजन वितरण,सामाजिक सामुदायिक काम , राहत तथा अनुदानका कार्यक्रम पशु विमा कार्यक्रम , ऋण विमा , तालिम तथा गोष्ठी लगायतका कार्यक्रम गदै आएको छ भने आगामी योजनाको रुपमा सहकारीले कोपोमिस प्रणालीमा आबद्धता , निश्कृय समुहलाई सकृय बनाउने,पशु विमा कार्यक्रम प्रमाबकारी रुपमा अगाडि बढाउने , ऋण अनुगमन र निरिक्षण उपसमिति नया बनाउने,सहकारी समायोजनका लागि अन्तरकृया गर्ने , रासायनिक मलखाद लगायतका विउ विजन वितरण कार्यक्रम मृत्यु राहात जन्म राहात असाध्य रोगीहरुका लागि सहयोग , वित्तिय साक्षरता तालिम सञ्चालन, व्यबसायिक कृषकलाई अनुदान, संरक्षित पुजीकोष फिर्ता अबलोकन भ्रमण, पुरस्कार तथा सम्मान ,दुर्घटना विमा ,स्पेशल व्यबसायिक ऋण लगानीका कार्यक्रमलाई आगामी योजना , कार्ययोजना र रणनितिको रुपमा अगाडि सारेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै