कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १ मा रहेको सर्वोदय सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा सम्पन्न भएको छ, ६ सय २५ सदस्य संख्या रहेको सहकारी संस्थामा सबै सदस्य महिला रहेका छन् ।
कार्यक्रममा संस्थाकी उपसचिव हिरामान्ति थारूले आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन लक्ष्मी उपाध्यायले प्रस्तुत गर्नुभएको थियो प्रस्तुत प्रतिवेदन लाई उपस्तिथि सदस्यहरूले सर्वसम्मत तालि बजाएर पास गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य मङ्गलप्रसाद गुप्ताले सहकारी क्षेत्रमा पछिल्लो समय राज्यको निगरानी नपुग्दा बिकृति भित्रिएकाले त्यस बाट सहकारी क्षेत्र लाई बचाउन नितिगत सुधार र अनुगमन लाई समय अनुकुल बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सहकारी क्षेत्र समाज रुपान्तरण र महिला शसक्तिकरणमा महत्त्वपूर्ण हुने बताउदै सहकारीले प्रवाह गर्ने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी गरे यसले राष्ट्रको समृद्धिमा समेत टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा शिवराज १ का वडा अध्यक्ष खिमबिक्रम केसी, शिवराज २ का वडा अध्यक्ष रामबहादुर चौधरी, शिवराज १ का पूर्व वडा अध्यक्ष जगत घर्ती क्षेत्री, मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु खतिवडा लगायतले सम्बोधन गर्नुभएको थियो, कार्यक्रम प्रतिनिधि सभा सदस्य मङ्गलप्रसाद गुप्ताको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको विशिष्ट आतिथ्यता, संस्थाकी अध्यक्ष टिका बिकको अध्यक्षता र संस्थाकी सचिव सुशीला खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कपिलवस्तु ३ का प्रतिनिधि सभा सदस्य मङ्गलप्रसाद गुप्ता र कपिलवस्तु ३ (१) का प्रदेश सभा सदस्य अर्जुनकुमार केसी लाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्दै सम्मान समेत गरिएको थियो।