अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन् । प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिंदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार पुष्पा भुसाल १८ हजार ३१९ मत सहित दोस्रो स्थानमा छिन् । अर्घाखाँचीमा कुल ८९ हजार ५३१ मत खसेको थियो । अहिलेसम्म ४१ हजार ५६० मत गणना गरिएको छ ।
यस्तै प्रदेशसभा ‘क’ र ‘ख’ मा समेत नेकपा एमालेका उम्मेद्वार नै अँगाडी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाको आज दिउँसो सम्म परिणाम आइसक्नेछ । प्रतिनिधीसभाको भने भोलीसम्म नतिजा आउन सक्ने अनुमान गरिएको छ ।