spot_img
spot_img

अर्घाखाँचीमा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह, तयारी पुरा

spot_img
spot_img

घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनको लागी २०२ मतदान स्थलमा कर्मचारी, निर्वाचन सामाग्री लिएर पुगेका छन् । भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मतदान केन्द्रमा अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी निष्पक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाईएको छ । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले शान्त, स्वच्छ, निष्पक्षका लागी गरेको अभियानको लागी सन्धिखर्कमा गरेको निर्वाचन लक्षित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
‘निर्वाचन स्वच्छ हुन्छ, धाधली हुन्छ भन्ने कल्पना नगर्दा हुन्छ, जिल्लाका राजनितिक दल सहित सबै सचेत छन, मतदाताले निर्धक्क मत हान्न जान मतदान केन्द्रमा पुग्न आग्रह गरेका छन्।’

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । ‘निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पुरा गरेको छ, मतदान स्थलमा समस्या आएमा १५ मिनेट भित्रमा नेपाली सेना, शशस्त्र प्रहरी मतदान स्थलमा पुग्ने गरी तयारी पुर्ण छ, मतदाताले ढुक्क भएर बस्न आग्रह प्रजिअ घिमिरेले गरेका छन् । यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिने छन् ।
एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने छन् । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, पत्रकार नविन केसीको सञ्चालनमा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै