spot_img
spot_img

शान्ति समाज अर्घाखाँचीको साधारण सभा सम्पन्न, सभापतिमा भुसाल सर्वसम्मत

spot_img
spot_img

अर्घाखाँची । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको १० औं साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । समाजको १० औं साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

सभाले निलकण्ठ भुसालको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपसभापतिमा अम्बिका श्रेष्ठ (बेल्बासे), सचिव कृष्ण परियार, सहसचिव सागर महत, कोषाध्यक्ष प्रकाश चुदाली, सदस्य रमेश बिक, भिम विश्वकर्मा, हलिम खान, सरिता भुसाल, सरिता पोख्रेल, भावना मगर निर्वाचित भएका छन् । साथै अन्य ४ जना सदस्य नव निर्वाचित कार्यसमितिले मनोनयन गर्ने निवर्तमान सभापती नेत्र मरासिनिले जानकारी दिए ।

यसअघि उद्घाटन सभामा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सभापती गोविन्द खनालले लोकतन्त्र बचाउन र शान्तिको बिगुल फुक्ने गरि समाजले काम गरिरहेको बताए । सभापति खनालले मानवअधिकारकर्मीहरुले अहिंसाका विरुद्धमा आवाज उठाईरहेको बताउँदै आगामी दिनमा अर्घाखाँची शाखाले उत्कृष्ट काम गर्नेमा आफु ढुक्क रहेको बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै