२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

मधुमेहको निःशुल्क परिक्षण

spot_img

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्स र चौराह हस्पिटलको सयुक्त आयोजनामा शनिवार बिश्व मधुमेह दिवस को अवसरमा निःशुल्क परिक्षण तथा वाकाथुन,जनचेतनामुलक कार्यक्रम गरेको छ ।

बुटवल अमरपथ टक्सार कम्लेक्स देखि ५ किलोमिटर बुुटवलको राजमार्ग चौराहमा गएर सकीएको थियो । वाकाथुन कार्यक्रममा मधुमेश रोग सम्बन्धी विभिन्न प्लेकार्ड, पोष्टर तथा अन्य जनचेतनामुलक सामग्रीहरु समेत समावेश गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष विजय कुमार वर्नावालले जानकारी दिए ।

वाकाथुन पश्चात आयोजना गरिएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फष्ट भिडिजी पीएनजेएफ अर्जनमान शैजु, सेकेण्ड भिडिजी पुरुसोत्तम प्रधानांङ्ग लगायतले मधुमेह रोग तथा लायन्सले गर्दै आएको कार्यक्रम बारेमा आ आफ्नो भनाई राखेका थिए ।

निःशुल्क मधुमेह परिक्षण मा ३ सय ८० जनाको परिक्षण गरिएको थियो । कार्यक्रममा लायन्स स्टार्सका संस्थापका अध्यक्ष तथा डिष्ट्रिक ३२५ पि का सचिव सन्दीप कसौधन, क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाईज आशिष कृष्ण श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा निःशुल्क मधुमेह परिक्षण सहितको प्राविधिक सहयोग चौराह हस्पिटल प्रालिका प्रशासकीय अधिकृत सतोष गुप्ताले बताए । कार्यक्रममा चौराह अस्पतालका अध्यक्ष डा. प्रकाश पुन , अर्थोपेडीक डा. मदन ज्ञवाली, न्युरो सर्जन डा. के.आईसिंह केसी ,फिजिसीयन डा. सरोज थापा सहित अस्पतालका ल्याव टेक्नीसियन सहित प्राविधिकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै