अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनि-५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा पढ्न आएका नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका छन्।
विभिन्न ठाउँबाट यस विद्यालयमा कक्षा ११ मा भर्ना भइ अध्ययन गर्ने विद्यार्थीहरुलाइ विशेष समारोहका बीच स्वागत गरिएको हो।उक्त कार्यक्रममा शिक्षक भक्तबहादुर रेश्मी,टेकनारायण गैरेलगायतले स्वागत मन्तव्य राखेका थिए।त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर घिमिरेले आफु सधै विद्यार्थीहरुको पक्षमा रहेको र कुनै समस्या भएमा आफु समस्या समाधानमा दत्तचित्त भएर लाग्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विद्यालयका प्रधानाध्यापक जीवनारायण भट्टराईले विद्यार्थीहरुलाइ अध्ययनमा बढीभन्दा बढी समय खर्चिनुपर्ने बताएका छन् ।विद्यार्थीहरु विद्यालयभित्र र बाहिर पनि इमान्दारितालाई पछ्याउनु पर्नेमा विशेष जोड दिएका छन् ।कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले आआफ्ना प्रतिभासमेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सभापतिको भूमिका कक्षा १२ मा अध्ययनरत सपना घिमिरेले गरेकी थिइन् भने कार्यक्रमको सन्चालन सन्ध्या अधिकारीले गरेकी थिइन्।