१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

१५ वर्षसम्म टाेपबहादुर रायमाझीले जितेकाे क्षेत्रमा गाडी फसेपछि….

spot_img

अर्घाखाँची । भाैगाेलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठुलाे नगरपालिका शितगंगा हाे । विकट वस्ति, छरिएकाे वस्ती भएकै कारण विकासकाे पहुँच सबै क्षेत्रमा पुग्न सकेकाे छैन । शितगंगा नगरपालिकाकाे वडा नं. ९ सिद्वारामा गाडि फसेपछि तस्बिरले चर्चा पाएकाे छ ।

नेपाल सरकारकाे ५ पटक उपप्रधान सहित, उर्जा, यातायात लगाएतका ९ मन्त्रालय समालेका टाेपबहादुर रायमाझीकाे निर्वाचन क्षेत्र हाे । २०७४ सालमा प्रतिनिधिसभाकाे उम्मेदवार हुदाँ धानखाेला देखि चाक्ला आउँने सडकलाई स्तराेन्नती गर्ने प्रतिवद्वता गर्दै मत मागे । मत मागेर विजयी भएका रायमाझीले सिद्वारामा केही विकास नगरेकाे आराेप स्थानीयले लगाएका छन् ।

तत्कालीन माओवादी केन्द्रका नेता समेत रहेका रायमाझी नेकपाकाे विघटन पछि एमालेमा गएका थिए । एमालेमा जादाँ रायमाझीका नजिकका पात्र शितगंगा-९ का वडा अध्यक्ष समेत रहेका भिम केसी पनि एमालेमा रायमाझीसँगै गएका थिए ।

रायमाझीका खास पात्र हुदाँ २/२ पटकसम्म वडा अध्यक्षमा विजयी केसी तथा टाेपबहादुर रायमाझीले कुनै पहल नगरेकाे स्थानीय बासीन्दाकाे भनाइ रहेकाे छ । याे क्षेत्र निकै विकट हाे ।

शितगंगा नगरपालिकाका प्रमुख सहितकाे टिमले शितगंगालाई विशेष क्षेत्र बनाएर विकास गर्नुपर्ने भन्दै काठमाडौंकाे सिंहदरबारमा पुग्दा पनि रायमाझीले वास्ता नगरेकाे आराेप रायमाझीलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (47%)
  • दुःखी (26%)
  • आक्रोशित (21%)
  • खुसी (5%)
  • अचम्मित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै