१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

मालारानी– ४ का वडा अध्यक्ष पाेख्रेल आचारसंहिताविपरीत एमालेको चुनावी सभामा

spot_img

सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिका– ४ का वडा अध्यक्ष विष्णुप्रसाद पोख्रेल निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी सभामा सहभागी भएको पाइएको छ।

वडा अध्यक्ष पोख्रेलले नेकपा (एमाले)ले गत मंगलबार खन लुटिपोखरीमा आयोजना गरेको चुनावी सभामा सहभागी भएर एमालेलाई भोट मागेको पाइएको हो।

निर्वाचन आचारसंहिताअनुसार स्थानीय कार्यपालिका तथा सोको पदाधिकारीमा रहेका व्यक्ति कुनै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा संलग्न हुन पाइदैन्। यदि कोही सहभागी भएमा वा कुनै राजनीतिक दललाई मत (भाेट) मागेमा निर्वाचन आयोगले जरिवानासहित कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।

वडा अध्यक्ष पोख्रेलले निर्वाचन आचारसंहिताको धज्जी उढाउँदै सहभागी भएको कार्यक्रममा एमाले सचिव तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार टोपबहादुर रायमाझीलगायत प्रदेश सभा सदस्यका उम्मेदवारहरुको सहभागीता रहेको थियो।

उनलाई कारबाही गर्ने तयारी भएको निर्वाचन आयोगले बताएकाे छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै