spot_img
spot_img

राजावादी संग मिलेको एमालेले लोकतान्त्रिक गठबन्धनलाई अपबित्र भन्ने अधिकार छैन :  आचार्य

spot_img
spot_img

केशवराज ज्ञवाली
नेकपा माओबादिका नेता डिलाराम आचार्यले एमाले र केपि ओलिले बाम लोकतान्त्रिक गठबन्धनलाइ अपबित्र भन्ने अधिकार नभएको दावी गरेका छन । उनले एमाले र राजाबादी पार्टी संगको गठबन्धननै बास्तबमा अपबित्र गठबन्धन भएको दावी गरेका छन । सन्धिखर्कको लदाममा भएको बाम लोकतान्त्रिक गठबन्धन दलहरुको कोण सभामा बोल्दै आचार्यले यस्तो बताएका हुन ।
नेपाली कांग्रेस , माओबादी र जनमोर्चा शान्ती प्रकृयाका साझेदार भएकोले अवस्यकता पर्दा गठबन्धन गर्नु अप्राकृतिक हुनै नसक्ने उनको भनाइ छ । एमालेका नेता केपि शर्मा ओलिले राजाबादी पार्टी संग सांठगांठ गरि गणतन्त्र सखाप पार्ने उदेस्यमा रहेको उनको आरोप छ ।
नेकपा एमाले आफै राजाबादी पार्टी संग सहकार्य गर्दै लोकतन्त्रबादी शक्तिलाइ अप्राकृतिक गठबन्धन भन्ने नैतिकता गुमाइसकेको दावी पनि आचार्यले गरेका हुन ।
कोणसभामा बोल्दै आचार्यले एमाले अब देशबाटै पत्तासाफ हुने भन्दै अर्घाखाँचीमा प्रतिनिधि सभामा पुश्पा भुसाल र प्रदेश क मा सागर के सि र प्रदेश ख मा कमल प्रसाद भुसाललाइ जिताउन अपिल गरे । गठबन्धनका उम्मेद्बारलाई जिताएर समृद्ध अर्घाखाँची बनाउने अभियानमा साथ दिन पनि आचार्यले मतदाता सामु अनुरोध गरे ।
उनले प्रतिगमनकारी रा बिखन्डनकारी शक्तिलाइ परास्त गर्न गठबन्धन गर्नुपरेको पनि बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै