केशवराज ज्ञवाली
नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले गठबन्धनको उदेस्य देशमा प्रतिगमन र अधिनायकवादको अन्त्य गर्ने रहेको बताएका छन । आसन्न निर्वाचनको सन्दर्भमा गठबन्धनको मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
नेता भुसालले एमालेको कारण नेपालको राजनिती संकीर्ण बन्दै गएको आरोप लगाए । बिपक्षिका कुरा सुन्दै नसुन्ने , आफ्नो पार्टी बाहेक अन्य क्षेत्रबाट भए गरेका कामको नाम लिनै नचाहने जस्ता प्रवृत्ति बढ्दै जानू दुखद रहेको र यसको मुख्य कारण केपि ओलि र एमाले रहेको उनको दावी छ ।
आसन्न निर्वाचनले देशमा गठबन्धनलाइ बिजय बनाएर देशलाइ अग्रगमन तर्फ लैजादै लोकतन्त्रको बास्तबिक प्रत्याभुती दिन सफल हुने पनि बिस्वास राखे ।