१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

आर्थिक समृद्धि अहिलेको आवस्यकता : पुस्पा भुसाल

spot_img

सन्धिखर्क । नेपाली कांग्रेसका नेता तथा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा पदका उम्मेदवार पुस्पा भुसालले छत्रदेव गाउँपालिकाका पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि पहल गर्ने बताउनु भएको छ ।

पुर्ब उपसभामुख समेत रहनु भएकि भुसालले छत्रमहाराज मन्दिर, बलकाेट पाैवा, ताराखसे मन्दिर, ठुलापाेखराकाे मालिका मन्दिर लगायतका पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उदेश्य आफुकाे रहेको बताउनुभयो ।

उहाँले चाैवाटार सिंचाइ याेजना लाई पूरा गरि ब्यबसायिक कृषि र पशुपालनलाई वैज्ञानिक करण गरि आर्थिक स्वराेजगार बनाउने बताउनु भएको छ ।

छत्रदेव गाउँपालिकाकाे छत्रगञ्ज, ठुलापाेखरा, अर्घाताेष लगायतका स्थानमा चुनावी प्रचारप्रसार तथा काेणसभालाई सम्बाेधन गर्दै नेतृ भुसालले यस्तो बताउनु भएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मान बहादुर बिश्वकर्मा, रेवती प्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माअाेवादिका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, गठबन्धनको तर्फबाट प्रदेश सभा (क) का उम्मेदवार सागर केसी, नेकपा माओवादीका प्रदेश सदस्य रामलाल पराजुली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चाैहान, नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कांग्रेसका महाधिवेशन प्रतिनिधि लेखनाथ पाेख्रेल, जिल्ला सहसचिव मेघराज पाण्डे, राजमाेका नेता पशुपति ढकाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै