२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

दार्चुला पुगेर ओलीले भारतलाई भने- खोलो सर्‍यो कि सीमाना सारिहाल्ने?

spot_img

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन्। पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुलाको खलंगा पुगेका उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए।

‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उनले भने।

उनले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताए। ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने?,’ उनको प्रश्न थियो

उनले भारत विशाल भएको, तर यति (थोरै) सीमाना सार्ने बताए। ‘यो सुहाउँदैन। नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उनले भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै