अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा अर्घाखाँची प्रदेश सभा “ख” का उम्मेदवार कमल भुसालले बिकासका योजना जनतासंग बसेर बनाउने बताएका छन् ।
पाणिनी गाउँपालिकामा आफ्ना मतदातासंग कुराकानी गर्दै भुसालले संबंधित स्थानका ब्याक्तिहरुसंग बसेर बिकासका योजना बनाउन सके मात्र दिगो बिकास संभव रहेको बताए ।
आफुहरुले बनाएका योजनाले मात्र सबै स्थानमा बिकासको संभव नभएको भन्दै जनताको आवश्यकताको आधारमा सोही स्थानका जनताको मर्म र भावना अनुरुप योजना बनाउने आफ्नो योजना रहेको बताए । भुसालका अनुसार बास्तबिक समस्या सोही स्थानमा बस्ने बासिन्दालाइ मात्र थाहा हुने भएकाले बालबालिका, युवा, वृद्ध, महिलाका समस्या बुझेर योजना बनाउने भुसालको भनाइ छ ।