अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले भोटको सम्मान गर्नेलाइ भोट दिन आग्रह गरेकी छन् ।
भुसालले पाणिनी गाउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गरेकी हुन् । अर्घाखाँचीबाट जितेर जनताको भावना अनुसार काम नगरी संसद विघटन पक्षधर बनि जनताको मतको अवज्ञा गरेको भुसालको भनाइ छ ।
जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने भुसालको तर्क छ । जनमतको भरपुर प्रयोग गरि काम गर्नु पर्ने बेला त्यसो नगरेको उनको आरोप छ ।
देशलाइ संकट परेको भएर जनआदेश बिना पनि नेपाली काँग्रेस सहितका अन्य दलहरु मिलेर गठबन्धनको सरकार बनाउनु परेको भन्दै गठबन्धनले देश र जनताको लागि काम गर्ने भुसालको भनाइ छ । सोही अनुरुप अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन समेत भुसालको आग्रह छ ।
भुसाल अर्घाखाँचीमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदको साझा उम्मेदवार हुनुहुन्छ ।