spot_img
spot_img

कृष्णनगरमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय तहले दिएन चासो

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज , डबरा, शिवानगर, कृष्णनगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ ।

स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ ।पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

स्थानीयले पटपटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिकाले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन ।

छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगर वासिहरुले आरोप लगाएका छन । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए त पनि कृष्णनगर नगरपालिकाले कानुलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ ।

छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने , सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।

सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेको नगरवासिले गुनासो गरेका छन ।

केहि महिना अगाडि छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सबै पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै छलफल भएको थियो |

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै