केशब राज ज्ञवाली
अर्घाखाची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु मुस्कानले गठबन्धनको उदेस्य समृद्ध अर्घाखाँची बनाउनु रहेको बताएका छन । जिल्लालाइ समृद्धि तर्फ डोर्याउने यो महाअभियानमा एकताबद्द भएर लाग्न समेत उनले अपिल गरेका छन ।
एकीकृत समाजबादिका नेता राम बहादुर चौहानको उम्मेद्बारी निष्क्रिय घोषणा गर्न गरिएको पत्रकार सम्मेलनको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि गठबन्धनका उमेदवार पुश्पा भुसाल , प्रदेश (क) का सागर के.सी .र प्रदेश (ख)का कमल भुसाललाइ अर्घाखाँची बासिले मंसिर ४ को निर्वाचनमा मतदान गरि यो पुण्य महाअभियानलाई औपचारिकता दिने समेत बताए ।
एकीकृत समाजबादिका नेता राम बहादुर चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका सागर के.सी . लाई समर्थन गर्ने घोषणा गर्न आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।