१६ चैत्र २०८०, शुक्रबार
spot_img
१६ चैत्र २०८०, शुक्रबार
spot_img
spot_img

गोरुसिंगे-सन्धिखर्क सडकमा ३० करोड रकामान्तरकोे प्रक्रिया अगाडी बढेको छः नेतृ भुसाल

spot_img

घनश्याम पौडेल
अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीको महत्वपुर्ण सडक गोरुसिंगे–सन्धिखर्क सडकको विस्तारका लागी ३० करोड रकम रकमान्तरको प्रक्रिया अगाडी बढेको बताईन । काँग्रेस नेतृत्वमा रहेको गठबन्धनको सरकारले निर्वाचनको चहलपहल सुरु नहुदैँ नै रकमको रकामान्तरका लागी प्रक्रिया अगाडी बढाएको हो, नेतृ भुसालले भनिन् ।

नेपाली काँग्रेस शितगंगा नगरपालिकाको वडा नं. ४ ठाडाले गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट गर्दै नेतृ भुसालले शितगंगा भौगोलिक रुपमा सबैभन्दा ठुलो नगरपालिका हो, समग्र शितगंगाको विकासका लागी समानुपातिक रुपमा विकास गछौँ ।

उनले गच्छे–भालुवाङ्ग सडक, पतञ्जली मार्ग सडक, चाक्ला–सिद्धारा सडक, चाक्ला–सिमलपानी–बैरिया सडक, राजुकारुख–सुवर्णखाल–नेटा सडक आयोजनालाई प्राथमिकता राखेर विकसित गर्ने बताईन । नेतृ भुसालले ‘निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्छ, जिल्लामा विकासका लागी ध्यान दिएका छौँ ।

देशकै महत्वपुर्ण धार्मिक स्थल सुपादेउरालीको विकास सँगै पर्यटकहरुको संख्या बढ्ने बताईन । सुपादेउरालीमा पर्यटक भित्राउँन सडक महत्वपुर्ण हो ‘यो सडकको विस्तारका लागी बजेट विनियोजन गरी २ वर्षमै राम्रो सडक बनाउँछौँ ।’

उनले शितगंगामा सुरुवात भएका खानेपानीका आयोजनालाई पुर्णता दिने, ठाडामा रहेको शैक्षिक धरोधर ज्योति भविश्वर क्याम्पसको गुणस्तर वृद्धि गर्न ध्यान दिने बताईन । भुगोलको सबैभन्दा ठुलो नगरपालिकामा प्राविधिक शिक्षा महत्वपुर्ण भएकाले प्राविधिक शिक्षालय स्थापना कार्यलाई प्राथमिकता दिनेमा नेतृ भुसालको जोड रहेको छ ।

कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेदवार कलम भुसालले कृषि र पशुपालनबाट शितगंगालाई समृद्ध बन्न सक्ने भएकाले नगरको विकासमा ध्यान दिने बताए । काँग्रेसका पुर्व जिल्ला सभापति समेत रहेका भुसालले भने ‘ऐतिहासिक, धार्मिक क्षेत्रको विकासका लागी प्रतिवद्ध भएर लाग्ने बताए ।’

जनसम्पर्क समिती भारतका सभापति बालकृष्ण पाण्डेले रोजगारीको शिलसिलामा गएका प्रवासीहरुको पक्षका काम गर्ने पार्टी काँग्रेस भएकाले मंसिर ४ गते हुने निर्वाचनमा भारतबाट उल्लेखनिय उपस्थिती हुने बताए ।

पार्टी सभापती केशव श्रेष्ठले जिल्लामा विकासका नाममा आएको बजेटमा भष्ट्रचार भएको भन्दै जिल्लामा आएको बजेटको हिसावकिताव जनताले गनुपर्ने बताए । जिल्लाको विकास र समृद्धिका लागी गठबन्धन दलको जित सुनिश्चित रहेको बताए ।

नेकपा एकिकृत समाजवादीका नेता पिताम्बर सारुले ‘यो गठबन्धन चुनाव जित्नका लागी मात्र बनेको होईन, ५ वर्षमा देशको विकास गर्नका लागी बनेको बताए ।’ जनताले दिएको दुईतिहाई धेरै समय टिकाउँन एमालले सकेन, जनताले एमालेलाई भोट दिने कुनै नैतिक आधार छैन, नेता सारुले भने ।

नेपाली काँगेस शितगंगा ४ का सभापति डिलबहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा समानुपातिक उम्मेदवार लोकेन्द्र विक, नेपाली काँग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, काँग्रेस नेता छविलाल पौडेल, यादव घिमिरे, महाधिवेशन प्रतिनिधी सुर्यप्रसाद अधिकारी, ताराप्रसाद श्रेष्ठ, प्रदेश सभा (ख) का सभापति हेमन्त बेल्वासे, काँग्रेस नेतृ लक्ष्मी गौतम, प्रदेश प्रतिनिधी सावित्रा बेल्वासे, पाणिनी काँग्रेस सभापति तुल्सीराम पौडेल, काँग्रेस शितगंगाका सचिव चन्द्रमणि बेल्वासे, नेविसंघका विद्यार्थी नेता डिआर बेल्वासे लगाएतले आगामी निर्वाचनमा गठबन्धन दलको जित सुनिश्चितताका लागी सबै प्रतिवद्ध भएर लाग्ने बताएका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै