spot_img
spot_img

अर्घाखाँचीमा धन्वन्तरी जयन्ती तथा २४ औं राष्ट्रिय आरोग्य दिवस मनाईयो

spot_img

अम्बिका बेल्वासे श्रेष्ठ
अर्घाखाँची । स्वस्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद भन्ने नाराका साथ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी जयन्ती तथा २४ औं राष्ट्रिय आरोग्य दिवस एक समारोहका मनाएको छ ।

आयुर्वेद स्वास्थ्यलाई विकसित देशहरुले समेत आत्मसाथ गर्दै यसको प्रयोग र अभ्यासलाई उपचार पद्दतीमा जोडेका छन् ।

आयुर्वेद स्वास्थ्यका पर्वतक तथा वैदिक कालमा भगवानका चिकित्सक धन्वन्तरीको जन्मोत्सव तथा राष्ट्रिय आरोग्य दिवसमा बोल्ने वक्त्ताहरुले आयूर्वेद स्वास्थ्यको महत्व र शरिरमा रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिने पद्दती आयुर्वेद भएको बताएका थिए ।

कार्यक्रममा प्रकाश पार्दै डाक्टर अनिता भुसालले धन्वन्तरीको योगदान, प्रचिन उपचार पद्दतीहुदै आधुनिक उपचार पद्दतीमा धन्वन्तरी र आयुर्वेदको योगदानको चर्चा गर्नु भएको थियो ।

त्यस्तै प्रमुख अतिथि महेश खनालले हाम्रो स्वास्थ्य, खानपान, यम नियम लगायत सचेतना र स्वास्थ रहने उपाय अवलन्बन गर्ने पद्दती नै आयुर्वेद पद्दती हो, जुन प्राचिन र वैदिक पनि हो भन्दै विकसित देशहरुले सम्म यसको महत्वलाई आत्मसाथ गर्दै आयुर्वेद र योगलाई अंगालेको कुरा बताउनु भएको थियो ।

अतिथिको रुपमा बोल्दै जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले आयुर्वेद स्वास्थ्य केन्द्रले पुर्याएको सेवा र योगदानको चर्चा गर्दै आयुर्वेद र योग भन्दा स्वास्थ रहने अर्को कुनै पद्दती नभएको कुरा बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमको अध्यक्षताको आशनबाट बोल्दै कमला खनाल भण्डारीले आयुर्वेद स्वास्थ्य केन्द्रले पुर्याएको सेवा, योगदानको प्रसंशा गर्दै आम जनतामा आयुर्वेद र योगको बारेमा जनचेतना पुर्याउने काम हामी सबैको हो भन्ने कुरा सबैमा अनुरोध गर्नु भएको थियो ।

कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका सदस्य कमला खनाल भण्डारीको अध्यक्षता, श्री अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालको प्रमुख आतिथ्यता, जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, आयुर्वेद चिकित्सक डा. अनिता भुसाल, योगगुरुद्वय पुष्पा भुसाल र विना पौडेल पन्थीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित योग साधक तथा कर्मचारीलाई आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमल प्रसाद आचार्यले गर्नु भएको थियो भने संचालन वैद्य निरीक्षक पशुपति पन्थीले गर्नु भएको थियो ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रमा नियमित योग साधना गर्ने योगसाधक, कार्यालयका कर्मचारी, पत्रकार लगायत आयुर्वेद स्वस्थ्यका सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै