अर्घाखाँची । शिक्षक कर्मचारीको पहलमा बाढीपीडित परिवार लाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मालारानी- ५ बाँगीको श्री शान्ति माध्यमिक विद्यालय कक्षा८मा अध्ययनरत बरम्कोट निवासी छात्रा संगीता क्षेत्रीको आमा बसन्ता क्षेत्रीलाई बिहिवार एक कार्यक्रम बीच सहयोग रकम २८ हजार ३ सय ७५ हस्तान्तरण गरिएको हो । बाढी पीडित बसन्ता क्षेत्रीले सहयोगदाताहरु लाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी थिन ।
पीडित रेम बहादुर क्षेत्रीको घरगोठ गत असोज २० गतेको अविरल बर्षाको कारण ढोरपाटन सडकमा जोडिएको घर,चौपाया लगाएत धनसम्पत्ति पुरिएर क्षेती भएको थियो ।
उक्त रकम शान्ति मा वि जुनियर रेड्क्रस सर्कल एवं शिक्षक कर्मचारीको पहलमा संकलन गरिएको शान्ति मा वि प्रअ मान बहादुर पाण्डेले जानकारी दिएका हुन ।