आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्तरमा बहुचर्चित निर्वाचन क्षेत्र मध्य अर्घाखाँची पनि एक हो। प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यश सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुदैछ। काङ्ग्रेस नेत्री पुष्पा भुसाल र एमाले सचीव टोपबहादुर रायमाझीबीच कडा स्पर्धाहुने आकलन भइरहेको छ। रोचक कुरा त के छ भने यी दुवै उमेदवार एकै गाउँका हुन्। अहिले अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ ११ जना,त्यस्तै प्रदेशसभा क मा ७ जना र प्रदेशसभा ख मा ७ जनागरी कुल २५ उमेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।प्रदेशसभा तर्फ क मा एमालेका चेतनारायण आचार्य र जनमोर्चाका सागर केसी तथा प्रदेश ख मा काङ्ग्रेसका कमल भुसाल एवम् एमालेका रामजी प्रसाद घिमिरे चुनावी मैदानमाछन्।
गत वैशाखमा सम्पन्न स्थानीय चुनावलाई आधारमानी वडाअध्यक्षले पाएको मत अनुसार एमालेभन्दा गठबन्धन पाँच हजार पाँच सय मतले अगाडि रहेको छ। आर्कोतर्फ निरन्तर पन्ध्र बर्षदेखी अर्घाखाँचीको सांसदको रुपमा माओवादी केन्द्रबाट विजयी हुँदै आएका टोपबहादुर रायमाझीले यसपटक एमाले उमेदवारको रुपमा मतदातामाझ आफुलाइ प्रस्तुत गर्दैछन् । नेकपा विघटनपछि एमाले र माओवादी अलग अलग हुने आदेश अदालतले दिएपछि टोपबहादुर एमालेममै रहेका थिएँ आफ्नो पार्टी सत्तामा हुदा मन्त्री बन्न कसर नछाड्ने रायमाझीको राजनीतिक छवि यसपटक जिल्लामा स्खलित हुदै गएकोछ। माओवादी द्वन्दकालमा गण्डक क्षेत्र इन्चार्जसमेत रहेका रायमाझी अहिलेफेरि पाँच बर्षपहिलाकै एजेन्डालिएर मतदाताको घरघरमा पुगेछन्।
चुनावकाबेला जस्तोसुकै बाचा गर्न पछिनपर्ने तर बोली र ब्यवहारबीच समानता नभएकोभन्दै जिल्लामा अहिले रायमाझीको तिब्र आलोचना हुनलागेको छ। लाखौं युवालाई रोजगारी दिलाउनेदेखि,ठुला भौतिक पुर्वाधार निर्माण गरेर जिल्लालाई समृद्ध बनाउने सपना बढेर चुनाव जित्ने र त्यसपछि उल्लेखनीय काम गर्न नसक्ने भन्दै रायमाझीको भावी राजनीतिक भविस्यबारे समेत चर्चा हुने गरेकोछ।
आफू सांसद रहदा सदनमा प्रभावकारी भुमिका खेल्न नसकेको तथा सदनमा उभिएर अर्घाखाँचीका नागरिकको समस्याबारे बोल्ने ल्याकत नराख्ने भन्दै युवा पुस्ताले समेत उनको आलोचना गर्ने गरेका छन्।
कुनैबेला लुम्बिनी प्रदेशको राजधानी अर्घाखाँचीमा राख्ने हो भन्नसम्मपछी नपरेका रायमाझीको राजनीति बिचारहीन र सिद्धान्तको आधारमा नभएर पुर्णतः स्वार्थ ,पद र कदका निम्ति रहेको प्रष्ट हुनथालेको राजनीतिक पण्डितहरु बताउछन्।
यता सत्ता गठबन्धनसँग चुनाबमा होमिदा उनलाई पक्कै सजिलो हुनेछैन। २०१५ मा पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेका कासिनाथ गौतमकि छोरी एवम् काङ्ग्रेस सचेत तथा निवर्तमान उपसभामुख पुष्प भुसालसँगको महा संग्राम रायमाझीका निम्ति फलामको चिउरा चपाउनु सरहनै हुनेछ। माओवादी जनयुद्धका बेला मार्न र मर्न तयार भएर लाखौं माओवादी योद्धाहरुलाई अलपत्र पारेर अहिले एकथान मन्त्रीका निम्ति माओवादीधार त्यागेर सर्लक्कै एमाले समातेका रायमाझीसँग निष्ठावान माओवादी कार्यकर्ता समेत रुष्टछन्।
बहुदलीय प्रतिस्पर्धाको सुन्दर पक्ष आवधिक निर्वाचन हो,यसपटक मतदाता सचेतछन्,झुठो आश्वासन ,पूरा हुननसक्ने बाचा रा अनावश्यक राजनीतिक तिग्डममा अवस्थपनि आफ्नो अमुल्य मत खेर फाल्नेछैनन्।
लेखक ठाकुर पन्थी ।