कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुले कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ र प्रदेश सभा क्षेत्र नम्बर ३ (१) र ३(२) को संयुक्त कार्यालयको शुभारम्भ गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्र निर्वाचन लाई लक्षित गरी कार्यालय सन्चालन भएपछि दैनिक निर्वाचन प्रचारप्रसार सम्बन्धि गतिविधि कार्यालय बाट सन्चालन गरी पार्टीको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रमका अध्यक्ष नेकपा एमाले प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक सफर अलि मियाले आग्रह गरे ।
तयसै गरी कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार मङ्गलप्रसाद गुप्ताले अहिले यस क्षेत्रमा आफ्नै जनप्रतिनिधि सङ्ग बोल्न र प्रश्न गर्ने समेत हिम्मत गर्न नसकिने निरंकुशताको अवस्था भएको भन्दै विकासमा पछी परेको मात्र होइन नागरिकको लोकतान्त्रिक अधिकार समेत प्रयोग गर्न सक्ने अधिकारमा यस क्षेत्रका नागरिक नरहेको बताउदै बिगतमा आफु कुनै पदमा नरहेपनि भत्ता तलब नपाएपनि जनसेवामा लागिरहेको बताउदै विजयी भए पश्चात् नागरिकको अधिकार सुनिश्चित गर्नुका साथै विकासको अनुभूति गराउने प्रतिबद्धता गरे ।
त्यस्तै प्रदेश सभा ३ क का उमेदवार अर्जुनकुमार केसीले बिगतमा एमालेले जितेका स्थानीय तह ,जनप्रतिनिधिले जितेका क्षेत्र र अन्य पार्टीकाले जितेका क्षेत्र हेरे जनताले विकासको अवस्था हेरेर सजिलै छुट्ट्याउन सक्ने भन्दै कोरोना कालको असहज परिस्थिति र एमाले सरकार ढलेर पूरा कार्यकाल काम गर्न असहज स्थिति आएपनि आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण काम भएको सबैलाई जानकारी भएको बताए ।
त्यस्तै प्रदेश सभा ३ (२) का उमेदवार रजाउ रहमान खा ले मतदाता समक्ष ओली सरकारको पालामा र अहिलेको गठबन्धनको सरकार लाई तुलना गर्नुस महङ्गी र विकासको अवस्थाको आफै मूल्याकंन गरेर यस देशको विकासका लागि एमालेका उमेदवार लाई जिताउनुको विकल्प नरहेको बताए ।
अर्का वक्ता प्रतिनिधि सभा सदस्य समानुपातिक उमेदवार सराज अहमद फारुकीले मुलुकको स्वाधीनताको पक्षमा सिधा कुरा गर्न सक्ने लिडर र आफ्नो सम्पत्ति राष्ट्रको नाममा अर्पित गर्ने राजनेता मुलुकमा केपि ओली बाहेक अरु कोइ नदेखिएको बताउदै राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकन्क्षा पुरा गर्न नेकपा एमालेको सरकार बन्नु अपरिहार्य रहेको बताए ।
कार्यक्रम नेकपा एमाले प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक सफर अलि मियाको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सराज अहमद फारुकीको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुका सदस्य शिवप्रसाद जैसवालको स्वागत तथा रामप्रकट कोरीको सन्चालनमा सम्पन्न भएको थियो ।