४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

रुपन्देहीको क्षेत्र नम्बर ३ मा विभिन्न पार्टी परित्याग गरि सयौं जना कांग्रेसमा प्रवेश

spot_img

भैरहवा । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न पार्टी परित्याग गरी सयौका संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शनिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका एक सय भन्दा बढी युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं.–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका खाँणले कांग्रेसमा कसैलाई काखा कसैलाई पाखा गर्ने चलन नभएको र नयाँ भनेर भेदभाव समेत नगर्ने बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचनमा गठबन्धन कायम रहेको बताउदै मन्त्री खाँणले लोकतन्त्रको रक्षा र संविधानलाई बचाउन पनि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खाँणले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताएमा पुनः सरकार निर्माण गरेर मुलुकमा स्थायित्व र समृद्धि ल्याउने बताउनुभयो ।

गृहमन्त्री खाँणले नेपाली कांग्रेसले समावेशी ढङ्गले केन्द्रदेखि वडा सम्मका विभिन्न समितिमा महिला, मधेसी, आदिबासी जनजाति दलित, मुस्लिम लगायतका सबैलाई सहभागितामा जोड दिदै आएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस संसददीय दल लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्री,क्षेत्रिय सभापति सुशील गुरुङ,नगर सभापति कोशिश बहादुर खड्का लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै