अर्घाखाँची । ७ दिनसम्म परेको अविरल वर्षाको कारण अर्घाखाँचीमा २ सय ३ वटा घरमा क्षति पुगेको छ। सन्धिखर्क ७ खाँचिकोटमा एकजना बालक खोलाले बगाउँदा बेपता भएका छन्। एकजनाको छत्रदेबमा खोलाले बगाएर मुत्यु भएको छ। केही कुखुराका र्फम र पशुचौपायको समेत मरेका छन्।
सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेब गाउँपालिका, पाणिनी गाउँपालिकामा अहिले पनि १ सय ११ घर विद्यालय र प्रतिक्षालयमा बसेका छन्। यसमध्ये २० घर बस्नै नमिल्ने गरी पूर्ण क्षति भएको जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
बैठकले विपदमा मृत्यु हुनेलाई संवेदाना दिंदै पहिरोको जोखिममा परेर सार्वजनिक स्थानमा बसेका नागरिकलाई स्थानीयतहले न्युनतम खाद्यान उपलब्ध गराउने, तीन दिनभित्र सबै स्थानीय तहले विपदले पारेको क्षतिको विवरण जिल्ला प्रशासनमा पठाउने, विस्थापितलाई पायक पर्ने ठाउँमा बासस्थानको खोजि गर्ने र बास्तिबक अवस्था बुझ्नसाहयक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ७ सदस्य समिति समेत बनाउने नियर्ण गरेको छ ।
बैठकमा स्थानीयतहका प्रमुख, राजनीतिकदलका प्रतिनीधि, सरकारी कार्यालयका प्रमुख, नेपाल पत्रकार महासंघ, रेड्क्रस, उद्योग वाणिज्यसंघ, चम्बेर अफ कमर्स लगायतको सहभागिता थियो।