२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयाे ।

राजनीतिक दलहरूले महिलाका लागि भनेर लाेकप्रिय नारा, सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्षतर्फ सन्ताेषजनकरूपमा उम्मेदवार बनाउन सकेका छैनन् । संविधानले महिलाका लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिलाकाे उम्मेदवारी निकै कम रहेको छ ।

२०६४ सालको संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र नम्बर २ बाट जित्नुभएकी भुसाल यसपालि अर्घाखाँचीमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पूर्व उपसभामुखसमेत रहनुभएकी भुसाल नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारुकाे उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत सुरेश भट्टराईले बताउनुभयो ।

प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनका तर्फबाट राजमोका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपालीलगायतले उम्मेदवारी दर्ता भएकाे छ ।

प्रदेश सभा (ख) का लागि नेपाली कांग्रेसबाट कमलप्रसाद भुसाल, एमालेबाट रामजीप्रसाद घिमिरे, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीवी अर्याललगायतले उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत महेश खनालले बताउनुभयो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै