केशव ज्ञवाली , अर्घाखाँची । जिल्लाको बिकास र समृद्धिको अनुभूतिको आभाष सामान्य नागरिकको घर घरमा पुग्न पर्ने र त्यो अनुभूति दिलाउन आफुहरु लागिपरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं अर्घाखाँची बाट प्रतिनिधि सभाका उमेदवार पुश्पा भुसालले बताएकी छन । उनले अबको राजनिती बिकास र आर्थिक समृद्धि संग जोडिएको हुनाले युवा बर्गको भावना समेटेर अगाडि बढ्नुपर्ने बताइन । अर्घाखाँची डटकम संगको बिशेश कुरानिका क्रममा उनले यस्तो बताएकी हुन ।
अर्घाखाँची भित्र रोजगारी सृजना गरेर नै बिदेश पलायन रोक्न सकिने , उधोग , पर्यटन , कृषि , जडिबुटीको बिकास बाट रोजगारिको सृजना गर्न सकिने र यसो गर्न सकेमा जिल्लाको बिकास टाढा नरहेको भुसालले बताइन । बिदेशी लगानिको सुरक्षा र सुनिस्चिततामा आफू प्रतिबद्द रहेको पनि उनले बताइन ।
गोरुसिङें सन्धिखर्क सडक जिल्लाको बिकास संग जोडिएको र त्यो बाटोले जुन खालको परिणाम दिनुपर्ने हो त्यही खालको नतिजा आउन नसकेको अवस्था उनले स्विकार गरिन । अब आगामी बजेट निर्माण गर्दा उक्त सडकको गुणस्तर सुधार मुख्य उदेस्यहारु मध्ये नै पारेको पनि भुसालले बताइन । जिल्लाका अन्य मुख्य सडकहरुको लागि पुर्णरुपमा काम गर्ने पनि उनको भनाइ छ ।
सुपा देउराली मन्दिर , बल्कोट पौवा , मथुरा लाम्पाटिले अर्घाखाँचीलाई चिनाएको भन्दै नेता भुसालले अर्घाखाँचीलाई पर्यटन मार्फतनै समृद्धि दिलाउन सकिने भन्दै सबै क्षेत्रको बिकासको लागि अहोरात्र खटिरहेको र सधै खट्ने बताइन ।
नेतृ भुसालले सन्धिखर्क – गोरुसिङे सडक , घुम्टी पाल्पा सडक सालझन्डी ढोरपाटन सडक जिल्ला अस्पतालको स्तरोन्नती गर्दै मेडिकल कलेज बनाउन सकिने अवधारणा , शिक्षा संगै रोजगार , प्राबिधिक शिक्षाको बिकास , भ्रस्टाचारमा शून्य सहनशिलता , जिल्लामा आएका रकम सहि सदुपयोगमा निगरानी गर्ने आफ्ना योजना हरु रहेको पनि भुसालले बताएकी छन ।
अब अर्घाखाँचीका जनताले बिवेक पुर्याएर मत दिने भुसालको भनाइ छ । जिल्लाका मतदाताहरुले आफुलाइ तत्कालिन क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित गरेको स्मरण गर्दै अब समग्र जिल्लाको नेतृत्व गर्दै जिल्ला संगै देशको बिकासमा योगदान गर्ने अवसर जनताले दिने बिस्वास ब्यक्त गरेकी छन ।