९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

संविधान बचाउन लागि लाेकतान्त्रीक गठबन्धनकाे जित अनिवार्य छ : भुसाल

spot_img

अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले संविधानकाे रक्षा गर्दै संविधान बचाउन लागि लाेकतान्त्रीक गठबन्धनकाे जित अपरिहार्य रहेकाे बताईन् ।

रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशकाे आयाेजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताकाे रक्षाका लागि पनि गठबन्धनकाे जित सुनिश्चित रहेकाे बताईन् ।

अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकतावद्व रूपमा अगाडि बढेका छाैँ, जिल्लाकाे विकासका लागि काँग्रेसकाे याेग्दान धेरै छ । गरिब जनता धनी भए मात्रै विकासकाे महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताकाे आयस्तरमा वृद्धि हुने भएकाले गठबन्धनकाे जित सुनिश्चित हुनुपर्ने बताईन् ।
प्रदेश सभा (क) का लाेकतान्त्रीक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पुर्वाधार विकास सँगै कृषि र पशुपालनकाे क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमलप्रसाद भुसालले पर्यटनकाे क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएकाे बताए । उनले अर्घाखाँचीकाे विकासका लागि सुपादेउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घार मालारानी, छत्रदेव हुँदै पाणिनि सम्म लैजानेगरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनितीक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनकाे जित हुनुपर्ने बताईन् ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले गठबन्धन भित्र एकजुट रहेकाे बताए । उनले अर्घाखाँचीकाे विकास र समृद्धिका लागि लाेकतान्त्रीक गठबन्धनकाे जित हुनुपर्ने बताए ।

साेही अवसरमा नेपाल प्रेस युनियनकाे केन्द्रीय सदस्यमा निर्वाचित प्रेमनारायण आचार्य, केन्द्रीय लेखा समिति सदस्य घनश्याम पाैडेल, प्रेस चाैतारी नेपाल केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाललाई सम्मान गरिएको छ ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीकाे अध्यक्षता, सदस्य रूद्रमणि भुसालकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै