१८ कार्तिक २०८१, आईतवार
spot_img
१८ कार्तिक २०८१, आईतवार
spot_img
spot_img

अर्घाखाँचीमा जनमाेर्चा गठबन्धबाट बाहिरियाे, प्रदेशमा छुट्टै उम्मेदवार उठाउने

spot_img

अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चा पाँच दलीय गठबन्धनबाट बाहिरिएकाे छ।

केन्द्रमा पार्टीले सत्तारूढ दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरे पनि प्रदेशमा कुनै तालमेल नरहेकाे भन्दै अर्घाखाँचीमा छुट्टै उम्मेदवार उठाउने निर्णय भएकाे अध्यक्ष थम्मन केसीले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘हाम्राे पार्टी पाँच दलीय गठबन्धनमा सहभागी छैन। बाग्लुङ र प्युठानका केही क्षेत्रमा तालमेल मात्रै भएकाे हाे,’ अध्यक्ष केसीले भने,‘अर्घाखाँचीबााट हामीले प्रदेश सभा सदस्यका लागि आफ्नै किसिमले उम्मेदवार उठाउन लागेका छाैँ। यसमा अनाैठाे मान्नुपर्ने केही छैन।’

अध्यक्ष केसीका अनुसार राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले प्रदेश सभा (क)मा सागर केसी र प्रदेश सभा (ख)मा जीवलाल पाैडेल (गाेपाल)लाई उम्मेदवार बनाउने निर्णय भएकाे छ।

प्रतिनिधि सभामा भने उम्मेदवार उठाउने वा नउठाउने भन्ने बारे टुङ्गाे लागेेका छैन। ‘प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारबारे अझै टुङ्गाे लागेकाे छैन, सायद साँझ ५ बजेभित्र त्याे पनि हुन्छ। यदि भएन भने संघमा गठबन्धनलाई साथ दिन पनि सकिन्छ,’ केसीले भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै