बुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा रजा-ए-मुस्तफा मस्जिद समिति बुटवलले अस्पतालमा फलफुल वितरण गरेको छ ।
उक्त फलफूल वितरण कार्यक्रम बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका करिब २०० जना बिरामिहरुलाई वितरण गरिएको समितिले जनाएको छ ।
पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म सन् ५७१ मा मक्कामा भएको थियो। ५३ वर्ष मक्कामा बिताएपछि उनी ५३ वर्षको आयुमा मदिना गएका थिए।
इस्लामलाई संसारभर पूर्ण रुपमा व्यवस्थित गरेको सम्झनामा दिवस मनाउन थालिएको हो। हजरत महम्मद सल्लाह अलैहे वसलम मक्काबाट मदिना गएपछि हिजरी संवत्को शुभारम्भ गरेको मानिन्छ।