१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

बर्षाका कारण गुल्मीमा हालसम्म प्राप्त क्षतिको विवरण

spot_img

गुल्मी । अबिरल बर्षाका कारण गुल्मीका बिभिन्न ठाउँमा जनधनको क्षती भएको छ ।

अबिरल बर्षाका कारण गुल्मीको पल्लिकोट हुँगा सत्यवती गाउँपालिकाको बिभिन्न वडामा लामो समय देखि बिद्युत सेवा ठप्प छ ।

धुर्कोट गापा ५ वस्तु टुनिचौरकी ४१ बर्षिय लक्ष्मी कुँवरको अरौदी खोलाले बगाएर मृत्यु भएको छ ।

गुल्मीदरबार गापा ६ ठुलापोखरास्थित मान बहादुर कामीको घर माथिबाट पहिरो जाँदा घर र गोठ पुरिएर , बाख्रा, भैंसी गरि ६ लाखको क्षति भएको छ ।, मानवीय क्षति नभएको बताइएको छ ।

बाइकमा मरेङ खोला तर्ने क्रममा धुर्कोट गापा १ नयाँगाउँका हरी कुँवरको लु ८१ प ३८९६ नम्बरको बाइक बगायो, चालक सकुशल रहेका छन ।
कालिगण्डकी करिडोरअन्तरगत हर्मिचौरदेखि पूर्तिघाट सडकको बीच बीचमा पहिरो गई सडक पूर्णरूपमा अवरूद्व भएको छ ।

तम्घास सिमलटारी सडकअन्तरगत हुलाके खोला र रोदी खोलामा पानीको बहाव बढी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

रेसुङ्गा नपा १२ स्थित मोती बहादुर रानाको घरमाथिबाट पहिरो जाँदा घर जोखिममा,शशस्त्रद्वारा उद्वार गरिएको छ ।

रेसुङ्गा नपा १३ दुविचौरमा सडक अवरुद्ध गर्नेगरी माथिबाट ढलेको रूख हटाएको छ ।
रेसुङ्गा नपा ७ कुँडापानीस्थित ९तम्घास अर्घाखाँची सडकअन्तरगत माथिबाट पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चन्द्रकोट गापा ७ स्थित चन्द्रकोट मजुवा सडकमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

रूद्रवेणी वामी सडकअन्तरगत सत्यवती गापा ५ बाँदरेभिरमा पहिरो गई सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

रेनपा ९ देउरालीस्थित रिडी तम्घास सडकमा पहिरो खसेको छ ।चारपाला घुम्तीमा पहिरो, सडक अवरुद्ध भएको छ । सेउघा सिमाघाट सडक अन्तरगत सेउघामा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै