१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

बालबिकास शिक्षकहरुको तलब कटौतीको निर्णय सच्याउन माग गर्दै शिक्षक संघ पाणिनिले निकाल्यो बिज्ञप्ति

spot_img

अर्घाखाँची ।
पाणिनी गाउँपालिकाका विद्यालयहरुमा कार्यरत बालबिकास शिक्षकहरुको सेवा सुबिधा कटौतीको निर्णयप्रति नेपाल शिक्षक संघ,पाणिनिले आपत्ति जनाएको छ। आज एक बिज्ञप्ति प्रकाशित गर्दै स्थानीय तहले गरेको उक्त निर्णयको विरोध गरेको हो।

पाणिनी गाउँपालिकाले२०७९/०८० को बजेटमा अघिल्लो वर्षदेखि दिइदै आएको ७ हजार तलब कटौती गरि ५ हजार बनाएको भन्दै शिक्षकहरु आन्दोलित बनेका छन् ।

शिक्षकहरुले पहिलो चरणको आन्दोलनको रुपमा स्थानिय सरकारको स्वामित्व अन्तर्गत गत आ. व. ०७८।०७९ देखि उपलब्ध गराई आएको मासिक ७ हजार यथावत राखी मासिक २ हजार महंगी भत्ता समेत गरी १९ हजार उपलब्ध गराउनु पर्ने सहितका माग राखी पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सम्पुर्ण वडाअध्यक्षहरुलाइ ७ बुदे ज्ञापन पत्र बुझाइसकेका छन् ।

विद्यालय शिक्षाको विकास, विस्तार, पहुँच र गुणस्तर वृद्धि एवं विद्यालयका समग्र पक्षहरुको विकासमा बालविकास शिक्षकहरु / विद्यालय कर्मचारीहरुको योगदान र भूमिका अतुलनीय छ भन्दै शिक्षक संघ पाणिनिले उक्त निर्णयलाई सच्याउन आग्रह गरेको छ। अति कम सेवासुविधामा पनि सामुदायीक विद्यालयको नर्सरीलाई सफल बनाउन अहोरात्र खटिनु हुने बालविकास शिक्षक नेपाल सरकारले तोकेको सेवासुविधा, हकअधिकार र पेशागत सुनिश्चितताका लागि आन्दोलनमा

उत्रन बाध्य हुनु दुखद पक्ष होभन्दै सम्बन्धित निकायलाई बिज्ञप्तिमार्फत सचेत गराएको छ।

एउटै विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता बृद्धि भएको अवस्थामा बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब भत्ता वृद्धि नहुनु कुनैपनि श्रमजिविका लागि मान्य हुन नसक्ने उक्त बिज्ञप्तिमा जनाइएको छ। अत्यन्त न्युन तलब स्केलमा कार्य गर्न बाध्य बालविकास शिक्षक र विद्यालय कर्मचारीका जायज मागहरुलाई अविलम्ब सम्बोधन गरी उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुहुन अनुरोध गर्दै नेपाल शिक्षक संघ पाणिनि गाउँकार्यसमिति बालविकास शिक्षकहरुले पाणिनि गाउँपालिकाको विभेदपुर्ण निर्णयको विरुद्धमा गरेको आन्दोलन प्रति पुर्ण समर्थन एवं ऐक्यवद्धता रहेको समेत शिक्षक संघ पाणिनिका अध्यक्ष कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै