कपिलवस्तु । नेपाल भारत मैत्री सभा पोखरामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले आफ्नो प्रदेश पर्यटकीय रमणीय नगरी पोखरमा मैत्रीसभा आयोजना गर्न छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
नेपालीले नेपाल भारत सम्बन्ध युगौ पुरानो र प्रगाण रहेको बताउँदै उक्त सम्बन्धलाइई थप प्रगाण र बलियो बनाउन नेपाल भारत मैत्री समाजले भूमिका निर्वाह गर्दै आएकोमा मैत्री संघको प्रसंशा गरे ।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रदेश नं. १ का भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीले गण्डकी प्रदेश हरेक दृष्टिकोणले पर्यर्टन विकासका लागि उपयुक्त भएकालेले भारतीय पर्यटन गण्डकी प्रदेशमा व्यापक मात्रामा भित्राएर आयआर्जन बृद्धि गर्न सकिने बताए ।
कार्यक्रममा प्रदेशका पर्यटन मन्त्री मणि भद्र शर्मा कँडेलले नेपाल पयर्टनको देश भएकोले यहाँ पर्यटनको विकास हुने प्रचुर सम्भावना भएकोले पर्यटन विकासमा जोड दिनु पर्ने बताए ।
कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष इन्जिनियर शैलेन्द्र मोहन झाले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव बोध कृष्ण सुबेदी र केन्द्रीय सचिव अरुण पाण्डेयले गरेका थिए । ७० जिल्लाका प्रतिनिधि गरी ३०० बढीको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माको रहेको थियो ।
कार्यक्रममा भारतीय राजदूतका प्रतिनिधि, भारतीय जनता पार्टीका प्रवक्ता लगायतको उलेख्य सहभागिता रहेको थियो