अर्घाखाँची ।
साविक उच्च मावि तहमा अध्यापनरत देशभरका शिक्षकहरुले पेन डाउन गर्ने कार्यक्रम अनुसार अर्घाखाँची जिल्लामा कार्यरत ११/१२ का शिक्षकहरुले आज पेन डाउन गरेका छन् ।शिक्षकहरुले विगत ३० वर्षदेखिको समस्या समाधान हुनुपर्ने माग राख्दै आज पेन डाउन गरेका हुन ।
साविक उच्च माविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका गरी तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखि राज्यले स्थायी दरबन्दीको शिक्षकको व्यवस्था नगरे कै कारण उनीहरु आन्दोलन गर्दै आएका छन् । पेन डाउनका कारण जिल्लामा संचालित सबैजसो ११/१२ का कक्षामा पठनपाठन रोकिएको हिस्टुन जिल्ला नेतृत्व ले जनाएको छ।
आजको दिन शिक्षकहरु विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो ।