अविजित पन्थी
अर्घाखाँची । ५८औं बाल दिवसको अवसरमा “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार “भन्ने मूल नाराका साथ शिव मदन माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ।
सह प्रधानाध्यापक श्री मातृका प्रसाद भट्टराईको अध्यक्षतामा कक्षा १देखि १२सम्म विभिन्न विधामा कार्यक्रम भएको छ।जसमा कक्षा १देखि ५सम्म तातो आलु खेल भएको थियो। उक्त खेलमा कक्षा २देखि सम्राट बि.क,कक्षा ३देखि सिवम रास्कोटी,कक्षा ४ देखि आशिका पुन र कक्षा ५देखि कुशल झाँक्री प्रथम भएका थिए।
त्यसै गरी कक्षा ६ देखि कक्षा ८सम्म भएको कुर्ची दौड प्रतियोगितामा कक्षा ६ देखि साजन सुनार,कक्षा ७देखि सुभास पुन र कक्षा ८देखि लक्ष्मण रायमाझी प्रथम भएका छन्।
माध्यमिक तह अन्तर्गत “धन भन्दा विद्या ठूलो”भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता भएको थियाे।जसमा कक्षा १२देखि आकाश झाँक्री क्षेत्री, कक्षा ११देखि शोभा सुनार,कक्षा ९ र १० देखि शोभा घर्ती (प्रथम), उदय सारु (द्वितीय),सचिन बुढाथोकी (तृतीय)भएका थिएँ।
बालापनमा हामीले जे सिक्यौं तिनै सिकाईका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाब र आचार दिईरहन्छ । मानव जन्मिदा स्वतन्त्र भै जन्मिन्छ तर बिस्तारै उ व्याबहारिक बन्छ स्वतन्त्र त्यो मलिलो बाल मष्तिस्कमा ज्ञान,मायाँ प्रेम,सद्धभावका भावनाहरु छर्न जरुरी छ भनी सह प्रधानाध्यापक श्री मातृका प्रसाद भट्टराईले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।