९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

डेनमार्कमा निर्मित कृषि औजारहरु प्युठान र रोल्पामा भित्रीए , किसानहरुले सुन्य लगानिमा पाउने

spot_img

प्युठान ।  किसानहरुको सहजताको लागि प्युठान र रोल्पामा मा TEXAS कम्पनिका हाते कृषि औजार भित्रीएका छन ।
डेनमार्क युरोप मा निर्मित उच्च प्रबिधिका कृषि औजार किसान हरुले सौलियतमा पाउने भएका हुन ।

सोमबार होटेल आयुस्माको सभाहल जुम्रीमा छिमेकी लघुबित्त बित्तिय सस्थाले आफ्ना सदस्य हरुलाई जम्मा गराई हाते कृषि औजार बारे जानकारी गराएको छ ।

किसानहरुले उक्त औजार खरिद गर्नको लागि छिमेकी लघुबित्त बित्तीय सस्थाद्वारा सदस्यहरुलाई मात्र पाच प्रतिसत छुट सहित सुन्य लगानिमा औजार उपलब्ध गराईने सस्थाका प्रमुख सुनिल चौधरीले बताए ।

उक्त रिणलाई किसानहरुले ट्याक्टरको कमाईबाट किस्ता किस्तामा तिर्नुपर्ने उनको भनाई छ ।

नेपाल चाईना एग्रीकल्चर सेन्टरका प्रमुख गोपाल प्रसाद उपाध्यायले TEXAS कम्पनिको कृषि औजार उपलब्ध गराउनको लागि प्युठानमा छिमेकी लघुबित्त बित्तिय सस्थासङ्ग सहकार्य गरेको बताए ।
साथै डेनमार्कमा निर्मित बलियो भरपर्दो र पेट्रोल डिजल दुबै बाट चल्ने फरक फरक हाते औजारहरु जिल्लामा भित्रीएको उनले बताए ।

१९६० मा स्थापना भएको कम्पनिले प्युठानमा पहिलोपटक कृषि हातेऔजार लिएर आएको हो ।

बाझो भिरालो जमिनमा महिलाहरुले समेत सहजै रुपमा चलाउन सकिने हाते ट्याक्टरहरु प्युठानबाट राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउस बिजुवार र रोल्पामा रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स सुलिचौर बाट उपलब्ध छन ।

पाच हर्ज पावरको पेट्रोल इन्जिन भएको मेसिन , ६ हर्ज पावरको पेट्रोल इन्जिन भएको , ५ हर्ज पावर भएको डिजल इन्जिन भएको र ९ हर्ज पावर भएको डिजल इन्जिन भएको हाते कृषि औजार जिल्लामा भित्रीएको राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउसका प्रमुख राम प्रसाद पोख्रेलले बताए ।
६ किसिमका धातुद्वारा निर्मित उक्त मेसिनहरु किसानलाई उपलब्ध गराउनको लागि पहिलोपटक प्युठान र रोल्पामा सम्झौता गरिएको कम्पनिका प्रमुख उपाध्यायले बताए ।

तेल कम खाने, अरु कम्पनिका औजार भन्दा फरक क्षमता भएको , मिनिटिलर,रिपर , ब्रस कटर, वाटर पम्प,लगायत सम्पूर्ण मेशिनरी औजार यस जिल्लामा भित्रीएको छ । साथै उक्त मेसिन ले पानी तान्न समेत सकिने बताईएको छ ।
साथै कृषि औजारका बारेमा बुझेपछी किसानहरु उत्साहित समेत बनेका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै