गुल्मी । रेसुङ्गा नगरपालिका ६ निनिचौरमा अचम्मको घटना घटेको छ । स्थानीय यम बहादुरको कुवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुवर घाइते भएका छन ।
हिजाे बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ । ३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ । भने घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मी पुगेको छ ।
चितुवाले खोरमा रहेका ठूला कुखुरा ६०, ७० वटा र साना ५०, ६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट घाइतेभएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
