१५ बैशाख २०८२, सोमवार
spot_img
१५ बैशाख २०८२, सोमवार
spot_img

छिट्टै संघीय निजामती सेवा ऐन आउँछ : उप-सभामुख भुसाल

spot_img

अर्घाखाँची । प्रतिनिधि सभाको उप-सभामुख पुष्पा भुसालले संघीय निजामती सेवा ऐेन छिट्टै आउने बताएकी छन्। निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप-सभामुख भुसालले आउने भदौसम्म संघीय निजामती सेवा ऐन आउने दावी गरिन्।

ऐन नआउँदा कर्मचारीहरुमा मनोबल गिरेको र संघीयताको मूल मर्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

उनले भनिन्,’ कर्मचारीहरुमा मनोबल बढाउन, संघीयताको मूल मर्म कार्यान्वयनका लागि निजामती सेवा ऐन ल्याउन आवश्यक छ।’

उनले सार्क राष्ट्रमा नेपाल सबैभन्दा कम तलब र अन्य सेवा सुविधा भएको राष्ट्र भएको बताइन्। संविधानको कार्यान्वयनमा समेत बाधा पुगेको भन्दै उप-सभामुख भुसालले पावर सेयरिङ्गको विषयलाई मजबुत र व्यवस्थित बन्न पनि संघीय निजामती सेवा ऐन आउनुपर्ने जोड दिइन्।

कार्यक्रममा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै