२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा पहिलो पटक खेलकूद सप्ताह आयोजना

spot_img

कपिलवस्तु । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले पहिलो पटक खेलकूद सप्ताह आयोजना गरेको छ ।
लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसले लुम्बिनी पर्सामा पहिलो पटक खेलकुद सप्ताह आयोजना गरेको छ ।

खेलकुद सप्ताहको उद्घाटन गर्दै क्याम्पस प्रमुख नीर बहादुर गुरुङले खेलकुदले लुम्बिनी गर्नुभएको थियो ।

खेल सप्ताहको उदघाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख गुरुङले सम्पूर्ण विद्यार्थीहरुलाई यो कार्यक्रम विश्वविद्यालयकै लागि पहिलो आयोजना भएकोले यसको सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।

साथै उहाले खेल सप्ताहले विश्वविद्यालयको गरीमा बढाउने, शैक्षिक विकासमा सहयोग पुग्नुका साथै मैत्रीभाव, करुणाभावको विकास गर्ने, शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।
केन्द्रीय क्याम्पसको स्थापाना दिवसको पूर्वसन्ध्यामा आयोजित यो कार्यक्रम आज देखि ५ दिन सञ्चालन हुनेछ । कार्यक्रममा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, व्याडमिण्टन, चेस, स्लो साइकल रेस, चेस, डोरी तान्ने र स्पोन रेस गरी ११ वटा खेल प्रतियोगिता समावेश गरिएको छ ।

केन्द्रीय क्याम्पसमा अध्ययनरत वि.टि.टि.एम, वि.ए, ग्रामिण विकास भोट बौद्ध अध्ययन कार्यक्रम अन्तर्गत सबै सेमेष्टरका विद्यार्र्थीहरुको सहभागिता रहेको क्यापस प्रमुख निर बहादुर गुरुङले बताउनु भयो ।

प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै