९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

पाण्डेय दम्पत्तिले प्रकटेश्वर मन्दिरमा मूर्ति सर्मपण गर्ने

spot_img

पिपरा । कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शिक्षासेवी अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने भएका छन् ।

पाण्डे दम्पत्तिले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लागेका हुन् ।

नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेय र श्रीमती लता पाण्डेय दम्पत्तिले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए ।

पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाले शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताए । पाण्डेले सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरी सकेका छन् ।

मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रंसशनीय कार्य भएको बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै