२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताउनुभयो ।

गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको थापाले बताउनुभयो । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ, थापाले भन्नुभयो, ‘स्वास्थ्य संवेदनशील विषय हो यसमा नगरपालिका उत्तरदायी छ ।

गर्भवती तथा सुत्केरी महिलाहरूको समस्या ध्यान दिँदै नगरले अन्य कार्यक्रमहरू पनि राखेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । गर्भवती महिलाहरूले विभिन्न समयमा वार्थिङ सेन्टर गई परामर्श लिनुपर्ने थारुले बताउनुभयो ।

शिवराज नगरपालिकामा अहिले ४ वटा एम्बुलेन्स छ । प्रदेश सरकार मार्फत एउटा,भारतीय दुतवास मार्फत एउटा र दुई वटा एम्बुलेन्स खरिद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर वार्थिङ सेन्टर एउटा,चनइ वार्थिङ सेन्टरमा एउटा, शिवगढी वार्थिङ सेन्टरमा एउटा र आधारभूत अस्पताल चन्दौटामा एउटा एम्बुलेन्स राखिएको छ ।

वडावासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगवासिको स्वास्थ्य क्षेत्रमा पालिका संवेदनशील बनेको स्थानीयहरूको भनाई छ ।

केही समय पहिला सम्म नगरमा एम्बुलेन्स नहुँदा धेरै समस्या थियो अहिले नगरले यसरी निःशुल्क सेवा दिने निर्णय गरेकोमा हामी खुसी छौ स्थानीय सङ्कर केसीले भन्नुभयो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै