१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असौज ३० र ३१ गते हुने

spot_img

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरिएको छ । नतिजा अनुसार ४ जिपीए ल्याउने संख्या शून्य रहेको बोर्डले जनाएको छ ।

४३ जनाको परीक्षा रद्द भएको छ भने जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या चार हजार एक सय ७९ छ । साथै जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ छ ।

त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय जना छन् ।

नतिजा अनुसार पहिलो पटक हरेक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख गरिएको बोर्डले जनाएको छ । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका बोर्डले जनाएको छ । यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन् । दुई विषयमा एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने विद्यार्थीको संख्या एक लाख ३० हजार ८७८ छ भने उक्त ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुने परीक्षा वोर्डले जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै