अर्घाखाँची । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले चाडपर्व लक्षित जिल्लामा ट्राफिक चेकजाँचलाई निरन्तरता दिएको छ ।
“चालक सँग १ मिनेट ” भन्ने नारा लिएर सवारी दुर्घटना न्युनिकरण गर्ने र ट्राफिक जनचेतनता अभिबृद्दी गर्ने उदे्श्यका साथ चालक , सहचालक , यात्रुसंग जनचेतना कार्यक्रम दिनानुदिन तिब्रता दिएको ट्राफिक कार्यलय अर्घाखाँचीले जनाएको छ ।
सवारी साधनमा चढदा ओर्लदा ध्यानदिनु पर्ने कुराहरु ,दुर्घटनाबाट बच्ने उपायहरु, (तिब्र गति, गलत ओभरटेक, लेन अनुशासन, मा.प.से. आदी ट्राफिक नियमका बिषयहरुमा जिल्ला ट्राफिक प्रमुख प्र.ना.नी हरि बहादुर के.सीले ट्राफिक सचेतना प्रशिक्षण समेत दिएका छन ।