२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

अर्घाखाँचीमा एकहप्तामै ७ हजार अबैध गाजाका बोट फडानी गरी नष्ट

spot_img

रुद्रमणि भुसाल
अर्घाखाँची ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न ।

पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि ट्याक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जिल्ला प्रशासन , जनप्रतिनिधि , पत्रकार महासघंको उपस्थिमा नष्ट गरिएको छ ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने रिजालाले बताए ।

विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरी निरिक्षक अर्जुन पौडेलको भनाई छ ।

डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना , अर्घाबिहार , खिदिम , धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो ।

पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय , प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (17%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै