१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

बुटवलले सहरी विकासमा फड्को मार्न लागेको छ- प्रधानमन्त्री देउवा

spot_img

बुटवल  । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको बताएका छन्।

बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योजनाबद्ध र व्यवस्थीत सहरी विकासका लागि आधुनिक सहरको विकास हुनु जरूरी रहेको बताए।

देउवाले अधिकांश सहरहरू योजनाबद्ध रूपले बन्न नसकेको र अव्यवस्थित रूपमा रहेका सहरहरूलाई व्यवस्थि सहरको रूपमा रूपान्तरण गर्न जरूरी भएको बताए।

नेपालका अधिकांश सहरहरू अव्यवस्थित छन्, तिनलाई व्यवस्थित सहरको रूपमा विकास गर्न जरूरी छ, बुटवलले आफूलाई त्यो दिशामा अगाडि बढाएको छ,’ उनले भने।

देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक, शैक्षिकसँगै समग्र विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्मेलन केन्द्र संचालनका लागि सरकारले छिट्टै मोडालिटी तयार गर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थल बनेपनि प्रयाप्त सदुपयोग हुन नसकेको भन्दै त्यसका लागि देखिएका बाधाहरू हटाउनका लागि सरकार र प्रधानमन्त्रीका तहबाट प्रयत्न भइरहेको बताए।

गृहमन्त्री खाणले राज्यले गरेको लगानीलाई सदुपयोग गर्ने त्यसको बहुआयामिक ढंगले संचालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताए।

उनले बुटवलको विकास समग्र मुलुकको विकासको आधारशिला भएको बताउँदै खाणले यहाँको विकासबाट नेपालको अर्थतन्त्र गतिशिल हुने बताए। उनले नागरिकको जिवनस्तर कसरी परिवर्तन आउन सक्छ भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको बताउँदै सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए। ‘हामी प्रदेशको राजधानी निर्माण गर्ने क्रममा छौं झण्डै ३२ अर्ब आवश्यक पर्छ त्यसतर्फ संघीय सरकारको विशेष ध्यान जान आवश्यक छ,’ उनले भने।

केसीले लुम्बिनी प्रदेशमा केही महत्वपुर्ण र गौरवका आयोजनाहरू अगाडि सारेको बताउँदै लुम्बिनीको विकासमा सबै तहका सरकारको समन्वयमा साझा संयन्त्र निर्माण गर्न जरूरी रहेको बताए।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले लामो समयको धैर्यता पछि रूपन्देहीले नयाँ नयाँ आयोजनाहरू सम्पन्न गरेर उद्घाटनका लागि तयार भएको बताए।

पौडेलले केही समयअघि उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्मित सभाहल र शनिवार उद्घाटन गरिएको बुटवल सम्मेलनकेन्द्र रूपन्देहीका जनताका प्रतिनिधीहरू विकासको गफ होइन विकासको काम गर्छन् भन्ने कुराको प्रमाण भएको दावी गरे।

‘रूपन्देही शिक्षा स्वास्थ्यसँगै मानवीय विकास र पुर्वाधार विकासमा रूपन्देहीले नयाँ-नयाँ मानक स्थापित गर्छ भन्ने पुष्टि गरेको छ, रूपन्देहीले विकासमा रोलमोडल प्रस्तुत गरिरहेको,’ उनले भने।

पौडेलले रूपन्देहीको विकासमा यो त्यो नभनी र नथाकी सहयात्रा गर्न सबैलाई आग्रह गरे। ‘हामी विकासका काममा यो त्यो नभनी नथाकी सहयात्रा गरौं,’ पौडेलले भने।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नेपालमा १० वटा ठुला सभाहलहरू निर्माण सम्पन्न भएको र थप ४० वटा सभाहल निर्माणधिन अवस्थामा रहेको जानकारी दिए।

उनले बुटवल र आसपासमा भइरहेको सहरी विकास र पूर्वाधार विकासले यस क्षेत्रका बासिन्दाको जिवनस्तर उकास्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।

पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आयोजना सम्पन्न भएपनि यसको संचालन कसरी हुन्छ भन्ने कुरा महत्वपुर्ण भएको बताइन्।

आयोजना सम्पन्न भयो तर यसको संचालन कसरी हुन्छ नागरिकले कसरी लाभ लिन्छन्? यसको निजी क्षेत्रले कसरी प्रयोग गर्न सक्छ त्यसले यसको दिगो पनमा प्रभाव पार्छ,’ उनले भनिन्, ‘विगतमा सरकारले निर्माण गरेका संरचना र लगानी गरेका आयोजनाहरूको संचालनको इतिहास राम्रो छैन, तसर्थ यसले पनि त्यस्तो इतिहास भोग्नु नपरोस।’

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबैको पहलमा बुटवल मण्डपको जग्गा प्राप्ति भएको बताउँदै पूर्वाधार तयार भइसकेको संरचना संचालनका लागि बुटवल उपमहानगर तयार भएको बताए।

‘अब बुटवल मण्डपका तयार भएका संरचनाहरूको संचालनको कार्यविधिबारे सर्बत्र चासो छ, सहरी विकास मन्त्रालयले कार्यविधि बनाएर हस्तान्तरण गरेमा संचालनका लागि बुटवल उपमहानगरपालिका इच्छुक छ,’ पाण्डेले भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै