बिष्णु खनाल
अर्घाखाँची । अर्घाखाँचीमा रहेको भागिरथी स्मृती प्रतिष्ठान (भागिमा)को आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
२०७० साल पुष २ गते सस्था दर्ता भएको यस सस्थाले देश विदेशमा छरिएर रहेका खनाल बन्धुहरुलाई एकजुट बनाउने उद्देश्य लिएको छ । कार्यक्रममा यहि भाद्र १२ गतेका दिन प्रतिष्ठानले खनमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो ।
उक्त दिन अर्घाखाँची र छिमेकी जिल्लामा रहेका खनाल बन्धुहरु, माईती र भान्जाभान्जि जम्मा भई तिजको दर खुवाउने कार्यक्रमको पनि आयोजना गरिएको सस्थाका सचिव बिष्णु प्रसाद खनालले बताउनुभयो । साथै सोही दिन तिज गित, भजन कृतन समेत गर्ने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा खनालहरुको उद्गम स्थल मालारानी गाउँपालिका वडा नम्वर ४ मा भएको र यसलाई ऎतिहासिक बनाउने गरि काम अगाडि बढेको सस्थाका अध्यक्ष जनार्दन खनालले बताउनुभयो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य, नेपाल पत्रकार महासङ्गका अध्यक्ष अशोक खनाल, हिन्दु धर्म रक्षा परिषद्का केन्द्रिय अध्यक्ष धार्मिक तथा समाजसेवी व्यक्तित्व नारायण प्रसाद खनाल लगायतले मन्तव्य राखेका थिए ।
पत्रकार सम्मेलन प्रतिष्ठानका अध्यक्ष जनार्दन खनालको अध्यक्षता, सचिव बिष्णु प्रसाद खनालको स्वागत मन्तव्य र गणेश खनालको संचालनमा सम्पन्न भएको हो ।