उमेश पछाई
बुटवल । “साहित्यकाे सम्मान,कलाकाे पहिचान
सप्तरङ्गि साहित्य समाज लुम्बिनीको अभियान “भन्ने मुल नाराका साथ सत्तरङ्गि साहित्य समाज द्वारा आयाेजित दाेस्राे लुम्बिनी गजल महफिल कार्यक्रम सपन्न भयकाे छ ।
उक्त कार्यक्रम वाणगंगा नगरपालिका वडा ०४ मा रहेकाे हिमालय रिर्साेट ताैलिहवा राेड कपिलवस्तुमा सम्पन्न भयकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बुध रानाले पानसकाे दिगाेमा दिप प्रज्वलन गर्दै कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमकाे आर्कषणकाे रूपमा रहेका दाङका साहित्यकार वसन्त ओली ` वसन्ति,´दाेलखाकि गजलकार सुशिला श्रेष्ठ ,कपिलवस्तुका गजलकार प्रकाश पाठक , प्युठानकि गजलकार लालिमाया थापा मगर , नवलपरासीका गजलकार तिलक भट्टराई ´ `अन्जान´ लगायत स्थानीय गजलकारहरूकाे समेत बेजाेड प्रस्तुति रहेकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि बुध रानाले सप्तरङ्गि साहित्य समाजलाई नाैरङ्गि साहित्य समाज बनाउनुपर्ने धारणाा राख्दै अतिथिका रूपमा आएका गजलकार कार्यक्रमका आर्कपषकहरूकाे प्रतिभालाई लाई तालि बजायर सम्मान गर्नुपर्ने बताए ।
त्यस्तै वरिष्ठ साहित्यकार तथा कार्यक्रमकाे विशिष्ट अतिथि रहेका रूद्र ज्ञवालीले गजलका सिद्धान्त गजलकाे अर्थ प्रस्ट पारे । उपस्थित गजलकारलाई बधाई दिदै उज्वल भविष्यकाे कामना व्यक्त समेत गरे ।
अतिथहरूकाे प्रतिनिधित्व गर्दै नव कपिलवस्तु साहित्य समाजका अध्यक्ष पशुपति मणि त्रिपाठीले मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा निमन्त्रणालाई स्विकार गरेर आएका गजलकारहरू वसन्त ओलि `वसन्ती´ ,सुशीला श्रेष्ठ ,प्रकाश पाठक,लालीमाया थापा मगर, तिलक भट्टराई `अन्जान´ कार्यक्रम सञ्चालक काेपिला गिरि , तारादेव शर्मा प्रमुख अतिथि बुध राना ,विशिष्ट अतिथि रूद्र ज्ञवालीलाई सम्मान पत्र वितरण गरीयकाे थियाे ।
कार्यक्रममा अतिथिहरू नव कपिलवस्तु साहित्य समाजका अध्यक्ष पशुपति मणि त्रिपाठी , शिवगढि साहित्य समाज अध्यक्ष अर्जुन पाैडेल, दधि स्मृति साहित्य समाजका पुर्व अध्यक्ष ऋषिकेशव भारद्वाज , तत्कालीन अध्यक्ष लेखनाथ घिमिरे , वाणगंगा सामुदायिक पुस्तकालय अध्यक्ष दिलिप कार्की , वाणगंगा साहित्य प्रतिष्ठान अध्यक्ष नित्यानन्द पाण्डे ,लुम्बिनी बाङ्गमय प्रतिष्ठान अध्यक्ष श्रीवास्तव रागविन्द्र , दधि स्मृति साहित्य समाज कपिलवस्तु सचिव शुशिला अर्याल सह- सचिव राधा पाण्डे ,गजलकार समीर सायर,सन्देश ज्ञवाली ,केवि धुवाली , पुष्कर भुषाल लगायका साहित्यप्रति रुचि राख्ने सयौं मानिसकाे उपस्थिति रहेकाे थियाे ।
सप्तरङगि साहित्य समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष कार्यक्रमका सभाध्यक्ष विजय खड्का गगनले निमन्त्रणालाई स्वीकार गरि विभिन्न जिल्लाबाट आएका अतिथि लाई सम्मान गर्दै आभार व्यक्त गरे। साथै कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष सहयाेग गर्नुहुने सहयोगी दाता र अतिथि सबैमा धन्यवाद व्यक्त गरे ।
सप्तरङगि साहित्य समाज लुम्बिनी प्रदेशका काेषाध्यक्ष
कुष्ण बुढाकाे स्वागत मन्तव्य सप्तरङगि साहित्य समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष विजय खड्का गगनकाे सभापतित्वमा भयकाे कार्यक्रमकाे सञ्चालन
तारादेव शर्मा र काेपिला गिरिले गरेकी हुन ।
