अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बालयौन दुरुपयोग मुद्दामा फरार अभियुक्त पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. २ बस्ने ६३ वर्षीय इन्द्रे कुमाललाइ पक्राउ गरेको प्रहरिले जनाएको छ ।
कुमाललाई २०७८ को मंसिर २१ गते जिल्ला अदालत अर्घाखाँचीले कैद सजाय तोकेको थियो तर उनी फरार थिए ।
प्रहरिले बिहिवार पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला अदालत अर्घाखाँचीम पेश गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।