१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

यो सरकार आएपछि विद्युत् निर्यात गर्न सफल भयौं : कुलमान घिसिङ

spot_img

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको भन्दै वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत् निर्यात गर्न सफल भएको उनले बताए ।

बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको पनि बताए ।

कार्यकारी निर्देशक घिसिङले भनेका छन्, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ ।

त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागिरहन्छ । तपाइँहरूलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत् व्यापार गर्न सफल भएको छ । सानो झिल्कोले पनि ठूलो काम गर्छ । यो सुरुआत हो । शुरुआतमा केही शुभ संकेत देखाएका छौं । आगामी दिन धेरै राम्रो बन्दै जानेछ ।’

घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताएका थिए । यस क्रममा घिसिङले पछिल्लो पाँच वर्षभित्र करिब तीनगुणा विद्युत खपत बढाएको पनि बताए । प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको उनको भनाइ थियो ।

‘भारत सरकारबाट हाल ३६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति भएकाले प्राधिकरणले प्रतिस्पर्धा मार्फत् दैनिक करिब ४०० सय मेगावट विद्युत व्यापार गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ ।

आगामी दिनमा छिमेकी देशहरुमा थप विद्युत निर्यात गर्नेछ । ३७ वर्षको इतिहासमा प्राधिकरण सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।’

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै